Market Closed

ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय, अब संस्थागत ब्याजदर घट्ने

05 Aug,2022
  • nepal-bankers-association_8_5_2022_12_22_50.jpg
नेपाली पैसा 
 
काठमाडौं : बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरेका छन् । बैंकर्स संघको शुक्रबार बसेको बैठकले ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो । ब्याजदर बढाएर मात्र निक्षेप नबढ्ने स्पष्ट भएपछि बैंकहरु थप ब्याज वृद्धि नगर्ने पक्षमा उभिएका हुन् । यस निर्णयसँगै अब संस्थागत निक्षेपको ब्याजदर थप सस्तो हुने भएको छ । केन्द्रीय बैंकले व्यक्तिगत निक्षेपको भन्दा २ प्रतिशतले संस्थागतको ब्याजदर सस्तो हुनुपर्ने व्यवस्था गरेको छ ।

सोही आधारमा अब संस्थागतको ब्याजदर घट्ने भएको हो । यसअघि यस्तो अन्तर १ प्रतिशतमात्र थियो । यता, केन्द्रीय बैंकले बैंक दर र नीतिगत दरहरु बढाउँदै ब्याज वृद्धि गर्न बैंकहरुलाई प्रेरित गरेको थियो । तथाप, बैंकहरु भने अहिलेको अवस्थामा ब्याजदर नबढाउने निर्णयमा पुगेका हुन् । यसबाट आम ऋणी र सेयर लगानीकर्तालाई भने राहत मिल्नेछ । 
 
  साधारण मुद्दति निक्षेपको अधिकतम ब्याजदर ११.०३ प्रतिशत रहेको छ। व्यक्तिगतभन्दा २ प्रतिशतले कम हुनुपर्ने भएपछि अब संस्थागतहरुले  ९.०३ प्रतिशतमात्र ब्याज पाउने भएका छन् । बैंकहरुले विगत ५ महिनादेखि व्यक्तिगततर्फ यही अधिकतम ११.०३ प्रतिशत ब्याजदरलाई निरन्तरता दिइरहेका छन् । 
 

Post Your Comment