Market Closed

घट्यो सुन–चाँदीको भाउ, बिहीबार कति छ ?

11 Aug,2022
  • Capture_1_7_18_2022_11_11_06_8_1_2022_11_12_48_8_11_2022_11_23_51.png
नेपाली पैसा

काठमाडौं : बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।


यसअघि, बुधबार छापावाल सुन तोलाको ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँ रहेको थियो ।
 

Post Your Comment