Market Closed

भारतबाट ३ पटकसम्म पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि नेपालमा किन घटेन ?

17 Aug,2022
  • -media1618322999_3_16_2022_4_28_43_5_3_2022_7_35_34_7_17_2022_5_08_52_8_1_2022_1_56_17_8_4_2022_7_42_40_8_17_2022_8_02_39.jpg
नेपाली पैसा

काठमाडौं : भारतबाट लगातार ३ पटकसम्म पेट्रोलियम पदार्थको मूल्य घटेर आँउदापनि नेपालमा मूल्य नघट्दा यतिवेला सरकारको सर्वत्र विरोध भइरहेको छ । तर, नेपाल आयल निगमले त्यसको जवाफ तत्काल मूल्य नघटाउने भनेर दिएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर निगमले भारतबाट मुल्य घटेर आएपनि अहिले निगम पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ नाफामा र डिजेलमा ५ रुपैयाँ घाटामा रहेको जनाएको छ ।

त्यसैगरी, एलपी ग्याँसमा प्रतिसिलिन्डर ४९९ रुपैयाँ घाटामा रहेको निगमले बताएको छ । अहिले निगमलाई मासिक करिब ६२ करोड रुपैयाँ अझै घाटा रहेकाले मूल्य नघटाउने जनाएको छ । 
 
 

Post Your Comment