Market Closed

वारेन बफेट भन्छन्– यी ५ पुस्तक पढ्नुहोस्, जसले उनलाई पनि सफलताको शिखरमा पुर्याएको थियो

29 Sep,2022
  • buffet-books__9_29_2022_8_27_56.jpg
नेपाली पैसा
 
काठमाडौ : प्रख्यात लगानीकर्ता तथा भ्याल्यू इन्भेष्टर वारेन बफेटले अधिकांश समय किताब पढेर पनि बिताउने गरेका छन् । बफेटले दैनिक ५ देखि ६ घण्टा किताब पढ्ने गरेका छन् । उनले आफ्नो सफलताको राज किताब नै रहेको बताउँछन् । धेरैजसो सफल र धनी व्यक्तिहरूको साझा विशेषता हेर्दा प्रायः सबैले किताब पढ्ने गरेको पाइन्छ । पुस्तकहरू पढ्दा ज्ञान बढ्छ र अरूको अनुभवबाट सिक्न सकिन्छ ।

जानकारी राख्ने सबैभन्दा सजिलो तरिका भनेको पढाई हो । विश्वका धनीहरुको शीर्ष स्थानमा पर्न सफल बफेटले दिनमा ५०० पेज किताब पढ्ने गरेको बताउँछन् । उनले हालसम्म पढेका मध्ये लगानीकर्तालाई ५ किताब पढ्न सुझाव दिएका छन् ।
 
द इन्टेलिजेन्ट इन्भेष्टर

लगानीकर्ता माझ निकै लोकप्रिय रहेको ‘द इन्टेलिजेन्ट इन्भेष्टर’ भ्याल्यू इन्भेस्टिङ विषयको सबैभन्दा महत्वपूर्ण पुस्तक मानिन्छ । वारेन बफेटले यसलाई लगानी सम्बन्धी लेखिएको अहिलेसम्मकै उत्कृष्ट पुस्तक भनेर वर्णन गरेका छन् । यसलाई सन् १९४९ मा बेन्जामिन ग्राहमले लेखेका थिए । पुस्तक दीर्घकालीन लगानी र जोखिम कम गर्ने कुरामा केन्द्रित रहेर लेखिएको छ ।

लेखकले दीर्घकालीन लगानी र विश्लेषण तथा घाटाबाट बच्न सकिने कुराहरु उल्लेख गरेका छन् । एक बुद्धिमान लगानीकर्ताले सधैंं लगानी गर्नुअघि कम्पनीको दीर्घकालीन विकास र व्यवस्थापनका सिद्धान्तहरूको विश्लेषण गर्नुपर्ने कुरा यसमा समेटिएको छ । सधैं लगानी विविधीकरण गरेर घाटाबाट जोगिनुपर्ने कुरा किताबमा समेटिएको छ । पुस्तकले सुरक्षित र स्थिर प्रतिफलमा ध्यान केन्द्रित गराएको छ ।
 
कमन स्टक एन्ड अन्कमन पोफ्रिट
 
‘कमन स्टक एन्ड अन्कमन पोफ्रिट’ यो पुस्तक १९५८ मा प्रकाशित भएको थियो । यसका लेखक हुन फिलिप आर्थर फिसर । यो किताब सबैभन्दा धेरै बिक्री हुने इन्भेस्टमेन्ट सम्बन्धी पुस्तकहरू मध्ये एक हो । किताबमा सेयर किन्नु र होल्ड गर्नु बिक्री गर्नु भन्दा धेरै महत्वपूर्ण रहेको बताइएको छ । यस पुस्तकले स्टकको दीर्घकालीन वृद्धि छोटो अवधिको नाफा भन्दा महत्त्वपूर्ण छ भनेर पनि वर्णन गर्दछ ।

लेखक सो समयका धेरै सफल व्यक्ति थिए । वारेन बफेटेले आफ्नो सफलतामा १५% फिसर रहेको बताउँछन् । यो किताब प्रकाशित भएको समय निकै लोकप्रिय रहेको थियो । पुस्तकले आफ्नो लगानीमा असामान्य प्रतिफल प्राप्त गर्न चाहनेहरूका लागि के किन्ने, कहिले किन्ने र कहिले बेच्ने भनेर देखाउने प्रयास गरेको छ ।

ड्रिम बिग
 
‘ड्रिम बिग’ पुस्तकमा मानिसहरुलाई आफ्ना सपनाहरु पत्ता लगाउन र तिनीहरूलाई वास्तविकतामा परिणत गर्न सक्छौं भनेर देखाइएको छ । किताबमा मानिसहरुलाई उनीहरुको जीवनभन्दा ठूला सपनाहरूमा पुग्न मद्दत गर्नका लागि जीवनभर बाँच्ने र ठूला सपना देख्ने कुराहरू समेटिएको छ ।

यसमा आधा जीवन जिउनुको सट्टा ड्रीम बिगले हाम्रो गहिरो प्रेरणाहरू खोज्न, हाम्रा अवरोधहरूको सामना गर्न र हाम्रो सबैभन्दा मनपर्ने महत्वाकांक्षाहरूका लागि योजनाहरू बनाउन प्रोत्साहित गर्दछ । आफ्नो सपनाहरुसँग जोड्नका लागि त्यसलाई खोजी गर्नुपर्छ भन्ने कुरा जोडिएको छ ।
 
द मस्ट इम्पोर्टन्ट थिङ एलुमुनेटेड
 
‘द मस्ट इम्पोर्टन्ट थिङ एलुमुनेटेड’ पुस्तकमा बजारलाई बाहिर निकाल्ने सबैभन्दा भरपर्दो तरिका भनेको यसको मूल्य भन्दा कममा किन्नु रहेको बताइएको छ । लगानीको सबैभन्दा रोचक, चुनौतीपूर्ण र आवश्यक पक्षहरु पुस्तकमा उल्लेख गरिएको छ । किताबमा मूल्यले कुनै कुराको गुणस्तर निर्धारण गर्न नसक्ने देखाइएको छ ।

उच्च–गुणस्तरको सम्पति पनि जोखिमपूर्ण हुन सक्छ र कम गुणस्तरको सम्पति सुरक्षित हुन सक्ने उल्लेख गरिएको छ । अधिकांश मानिसहरू लोभ, डर, ईष्र्या र अन्य भावनाहरुद्वारा सञ्चालित हुन्छन्, जसले गर्दा गल्ती हुन पुग्छ ।  
 
बिजनेस एड्भेन्चर
 
त्यस्तै, बफेटले सुझाव दिएको अर्को पुस्तक ‘बिजनेस एड्भेन्चर’ ले ठूला कम्पनीहरु र तिनीहरूका संस्थापकहरुले गत शताब्दीमा पाएका केही रोचक अनुभवहरूलाई समेटेर कसरी कम्पनी चलाउने, सेयर बजारमा लगानी गर्ने, जागिर परिवर्तन गर्ने र अन्य धेरै कुराहरू सिकाएको छ । 
 
यसमा पछिल्लो शताब्दीका सबैभन्दा प्रभावशाली व्यापारिक घटनाहरु के–के हुन् र तिनीहरुबाट सिक्न सकिने केही महत्वपूर्ण पाठहरु बताइएको छ । यो पुस्तक वारेन बफेटबाट उपहारको रुपमा प्राप्त गरेपछि बिल गेट्सले यसलाई आफ्नो मन पर्ने पुस्तक मानेका छन् ।
 

Post Your Comment