Market Closed

दसैंपछि सेयर बजार के होला, नेप्से बढ्ने सम्भावना कति छ ?

01 Oct,2022
  • bull_1_10_1_2022_1_43_03.jpg
नेपाली पैसा 
 
काठमाडौं : विगत एक वर्षदेखि शिथिल बन्दै आएको सेयर बजार अब कता जाला ? के होला ? भन्ने सर्वत्र चासोको विषय बनिरहेको छ । किन भने दसैंअघिको तीन दिनको कारोबारमा नेप्सेले केही सकारात्मक संकेत देखाएको छ । दसैंअघि बजार बढेर बन्द भएको छ । पछिल्ला दिनहरुमा वित्तीय प्रणालीमा तरलता अवस्था केही सहज हुँदै गएको छ । सीडी रेसियो पनि क्रमशः घट्दै आएको छ । लाभांशको सिजन पनि चलेको छ । यस्तै, विगत वर्षहरुका उदाहरण हेर्ने हो भने पनि तरलता र ब्याजदर पनि चक्रीय प्रणालीमा आधारित हुने गरेको छ ।

हाम्रो प्रणालीमा तरलता अभाव भएको पनि लामो समय भइसकेको छ । सोही कारण विगत १ वर्षदेखि ब्याजदर पनि निरन्तर बढिरहेको छ । तर अहिले ब्याजदर उच्च विन्दुमा पुगिसकेको छ । अब विस्तारै उच्च विन्दुबाट तलतिर आउने प्रक्षेपणहरु भइरहेका छन् । पछिल्ला दिनहरुमा वित्तीय प्रणालीमा विस्तारै थपिंदै गएको निक्षेपले पनि यही संकेत गर्दछ । 
 
चुनाव नजिकिंदैछ, यसले पनि बजारमा पैसाको आपूर्ति वृद्धि गर्न सहयोग पुग्नेछ । किन भने यसबेला औचारिक र अनौपचारिक गरी अरबौं रुपैयाँ खर्च हुनेछ । जसबाट बजारमा पैसाको सप्लाई बढ्न जाने विश्लेषकहरु बताउँछन् । यता, निरन्तर घटेको बजारमा सेयर भाउ निकै सस्तो भइसकेको छ । पीई रेसियोले पनि यसको पुष्टि गर्दछ । 
 
यस्तो रह्यो साताको सेयर  बजार

यस साता नेप्से सूचक ०.८०% ले बढेर १८५३.७६ विन्दुमा बन्द भएको छ । गत साता नेप्से सूचक १८३८.९६ विन्दुमा बन्द भएको थियो । बिहीबार ६३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण २६ खर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ । 
 
दैनिक कारोबार रकम
 
आइतबार साताकै उच्च १.०७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो भने बुधबार साताकै न्यून ४८ करोड रुपैयाँको कारोबार भयो । यस साता औसतमा दैनिक ७१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।


सूचीकृत समूहहरुको प्रदर्शन
 
यस साता ५ वटा सूचीकृत समूहमा गिरावट आएको छ । अन्य समूह सबैभन्दा धेरै १% ले घटेको छ । यता, माइक्रोफाइनान्स समूह भने सबैभन्दा धेरै २.२६% ले बढेको छ । त्यसपछि, विकास बैंक समूह १.८३% र वाणिज्य बैंक समूह १.६६% ले बढेका छन् ।
 



धेरै कमाउने

यस साता सबैभन्दा धेरै समिट लघुवित्तको भाउ ८.३९% ले बढेको छ । त्यसपछि सपोर्ट माइक्रोफाइनान्स ७.४९% र माउन्टेन इनर्जी नेपाल ६.६०% ले बढेका छन् ।

 
धेरै गुमाउने

सामलिङ पावर कम्पनीको भाउमा साताकै उच्च १२.६३% गिरावट आएको छ । त्यसपछि तेह्रथुम पावर ९.६०% ले घटेको छ । तेस्रोमा हिमालयन पावर पाटर्नर ७.४२% ले घटेको छ ।

 

Post Your Comment