Market Closed

बारा-१ बाट एमालेका मैनाली विजयी

25 Nov,2022
  • achyut-mainali_11_25_2022_7_59_07.jpg
नेपाली पैसा

काठमाडौं : बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेका अच्युतप्रसाद मैनाली विजयी भएका छन् । उनले शेरबहादुर देउवा नेतृत्वको सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरी पराजित गरेका हुन् । चौधरी ९ हजार १ सय ३९ को मतान्तरले पराजित भएका हुन् । मैनालीले ३९ हजार १ सय ९५ मत ल्याई विजयी भएका छन् । चौधरीले ३० हजार ५६ मत मात्रै प्राप्त गरेका छन् । 
 

Post Your Comment