Market Closed

अजोड इन्सुरेन्सको विशेष साधारण सभा आज, के–के छन् एजेन्डा ?

25 Nov,2022
  • sgm_2_6_11_7_2022_9_43_56.jpg
नेपाली पैसा 
 
काठमाडौं : अजोड इन्सुरेन्सको विशेष साधारण सभा आज शुक्रबार (मंसिर ९ गते) बस्दैछ । सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।  सभामा कम्पनीले हाल कायम पुँजी संरचना परिवर्तन गरेर संस्थापक समूहको ५१% र सर्वसाधारण समूहको ४९% कायम गर्ने प्रस्ताव पेश गर्नेछ । हाल यस कम्पनीमा संस्थापक समूहको ७०% र सर्वसाधारण समूहको ३०% हिस्सा रहेको छ । त्यस्तै, सभाले प्रभु इन्सुरेन्ससँग मर्जरमा जाने प्रस्तावलाई अनुमोदन गर्नेछ । 
 
साथै, अन्य उपयुक्त निर्जीवन बिमा कम्पनीसँग एक आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न मर्जर अध्ययन कमिटी गठन गर्ने निर्णयसमेत अनुमोदन गर्नेछ । विषेश साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २ गते बुक क्लोज गरिसकेको छ । मंसिर १ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । यद्दपि, अजोड र प्रभु इन्सुरेन्सबीच गत असार ३२ गरे एक आपसमा मर्ज हुने सम्झौता भएको थियो ।

त्यसैले, हाल दुवै कम्पनीको सेयर कारोबार रोक्का रहेको छ । प्रभु र अजोडका बीचमा १००ः७० अनुपातमा सेयर आदान–प्रदान हुने गरी मर्जर सम्झौता भएको हो । हाल प्रभु इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ र अजोडको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ ।

Post Your Comment