Market Closed

शुक्रबार सुनको भाउ स्थिर, चाँदीको मूल्य भने १० रुपैयाँले घट्यो

25 Nov,2022
  • photo-1610375461246-83df859d849d_7_19_2022_11_14_49_10_14_2022_11_42_44_10_20_2022_11_16_30_11_1_2022_11_04_17_11_14_2022_11_31_48_11_15_2022_11_49_01_11_25_2022_11_45_08.jpg
नेपाली पैसा

काठमाडौं  : शुक्रबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ८०० रुपैयाँ रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ कायम छ । यता, शुक्रबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १३ सय ५ रुपैयाँ कायम रहेको थियो ।

Post Your Comment