Market Closed

गुल्मी–१ मा प्रदीप ज्ञवालीलाई हराउँदै कांग्रेसका चन्द्र भण्डारी विजयी

25 Nov,2022
  • Chandra-Bhandari_11_25_2022_12_47_03.jpg
नेपाली पैसा

काठमाडौं : गुल्मी क्षेत्र नम्बर १ मा कांग्रेस नेता चन्द्र भण्डारी विजयी भएका छन् । उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै गुल्मी–१ मा जित हात पारेका हुन् । भण्डारीले ३२ हजार २२७ मत ल्याएका छन् । त्यस्तै, ज्ञवालीले ३० हजार ९ सय ३५ मत ल्याएका छन् । यसअघि  २०७४ सालको निर्वाचनमा भण्डारी ज्ञवालीसँगै पराजित भएका थिए । 

मत गणना पनि निकै रोचक बनेको थियो । दुवैको मतले एक अर्कालाई टक्कर दिंदै आएको थियो । गणनामा दुवैको मत पटकपटक अघिपछि हुनेक्रम पनि चलिरह्यो । र, अन्तिममा भण्डारीले नै बाजी मारे । ज्ञवालीको हारसँगै एमालेका तर्फबाट अर्का एक प्रभावशाली नेताको संसद्मा उपस्थिति नहुने भएको छ । 
 
 
 
 
 
 

Post Your Comment