Market Closed

विश्वकप फुटबलमा आज चार खेल हुँदै, कुन-कुन टिम आमनेसामने हुँदैछन् ?

25 Nov,2022
  • download_11_20_2022_8_03_04_11_25_2022_2_32_17.jpg
नेपाली पैसा

काठमाडौं : कतारमा जारी फिफा विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज हुने पहिलो खेलमा वेल्स र इरान आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार ४ः१५ बजे सुरु हुनेछ । त्यस्तै, आज हुने दोस्रो खेलमा आयोजक कतार र सेनेगल भिड्नेछन् । अल थुममा स्टेडियममा हुने समूह ’ए’ को खेल नेपाली समयअनुसार ६ः४५ बजे सुरु हुनेछ 
 
आज हुने तेस्रो खेलमा नेदरल्यान्ड र इक्वेडर भिड्नेछन् । यो खेल खालिफा इन्टरनेशनल स्टेडियममा नेपाली समयअनुसार ९ः४५ बजे सुरु हुनेछ । यस्तै, आजै हुने अन्तिम खेलमा अमेरिका र इङ्ल्याण्ड आमनेसामने हुनेछन् । अल बायत स्टेडियममा समूह ’बी’ को यो खेल राति पौने १ बजे सुरु हुनेछ । 
 

Post Your Comment