Market Closed

नेसनल लाइफ इन्सुरेन्सको कहिले बस्दैछ साधारण सभा ?

02 Dec,2022
  • AGM__12_2_2022_8_00_30.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेसनल लाइफ इन्सुरेन्स कम्पनीले आइतबार मंसिर १८ गते साधारण सभा बोलाएको छ । सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७७–२०७८ को नाफाबाट १५.७९% लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यसले १५% बोनस र कर प्रयोजनका लागि ०.७९% नगद लाभांश वितरण गर्न लागेको हो ।
 
२०७७–७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर ८ गते बुक क्लोज गरिसकेको छ । मंसिर ७ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् । 

Post Your Comment