Market Closed

विश्वकप फुटबलको उपाधी दाबेदार जर्मनी र बेल्जियम समूह चरणबाटै बाहिरिए

02 Dec,2022
  • world-cup_Su9fHqz12F_11_29_2022_1_18_19_11_30_2022_11_54_33_12_1_2022_10_21_56_12_2_2022_9_09_38.jpg
नेपाली पैसा

काठमाडौ् : चारपल्टको च्याम्पियन जर्मनी फिफा विश्वकपको लगातार दोस्रो संस्करण समूह चरणबाटै बाहिरिएको छ । बिहीबार राती भएको खेलमा कोष्टारिकामाथि ४–२ गोलअन्तरको शानदार जित निकाले पनि समूहकै अर्को खेलको नतिजा अप्रत्यासित आउँदा जर्मनी समूह चरणबाटै बाहिरिएको हो । अर्को खेलमा जापानले स्पेनमाथि सनसनी जित निकालेर समूह बिजेता बन्न सफल भयो । 
 
यस्तै, निर्णायक खेलमा क्रोएसियासँग बराबरी खेलेपछि बेल्जियम कतारमा जारी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । समूह एफ अन्तर्गत बिहीबार राति भएको खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम समूहमा तेस्रो हुँदै बाहिरियो । बराबरीपछि क्रोएसिया भने समूह एफको उपविजेता बन्दै अन्तिम-१६ मा पुगेको छ ।
 

Post Your Comment