Market Closed

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली चल्यो

02 Dec,2022
  • goli-gun_12_2_2022_12_15_28.jpg
नेपाली पैसा

काठमाडौं : कपिलवस्तुमा भारतीय नागरिक माथि गोली प्रहार भएको छ । जिल्लाको मायादेवी गाउँपालिका,४ चाकरचौडामा ३५ बर्षिय ईरशाद खान माथि दुई गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जानकारी दिए । नेपाली सिमा क्षेत्रको चाकलचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि दुई जना अज्ञात व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । 
 
खानलाई काँध र कम्मरमा गरि दुई गोली लागेको छ । गोली लागेका उनलाई उपचारको लागि तत्काल भारतको नौगढ लगिएको भए पनि अहिले उनलाई थप उपचारका लागि गोरखपुर मेडिकल कलेज पुर्याइएको प्रहरीले जनाएको छ । 
 

Post Your Comment