नेपाली पैसा
काठमाडौं : काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासीहरुलाई हटाउन डोजर चलाएपछि राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई तत्काल नहटाउन आग्रह गरेको छ । आयोगले आज गोरखापत्रमा सूचना निकालेर काठमाडौं महानगरसहित सम्पूर्ण स्थानीय तहहरु र सबै सरकारी तथा गैरसरकारी निकायलाई कुनै पनि स्थानका सुकुम्बासीलाई अहिले नै नहटाउन आग्रह गरेको छ ।
आयोगले लगत संकलन र प्रमाणीकरणको काम सम्पन्न नहुन्जेल उनीहरुलाई नहटाउन तथा असुरक्षित हुने कार्य नगर्न आग्रह गरेको हो । आयोगको आग्रहले तत्काल मेयर बालेन शाहको कदममा ब्रेक लागेको छ ।