Market Closed

विश्वकप फुटबलमा आज समूह चरणको अन्तिम खेल हुँदै, यी ८ देश आमने–सामने हुने

02 Dec,2022
  • world-cup_Su9fHqz12F_11_29_2022_1_18_19_11_30_2022_11_54_33_12_1_2022_10_21_56_12_2_2022_1_07_57.jpg
नेपाली पैसा

काठमाडौं : कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार समूह चरणका अन्तिम ४ खेलहरु हुँदैछन् । विश्वकपमा शुक्रबार समूह ’एच’ र समूह ’जी’ को दुई दुई खेलहरु हुनेछन् । समूह ’एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । यस समूहबाट पोर्चुगलले अन्तिम १६ को स्थान बनाईसकेको छ । 
 
यस्तै समूह ’जी’ अन्तर्गत सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । यस समूहको दुबै खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । यस समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । 
 

Post Your Comment