नेपाली पैसा
काठमाडौं : भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ । आईओसीले बिहीबार पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर ११ रुपैयाँ र पेट्रोल प्रतिलिटर २ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । आयल निगमका अनुसार सरकार र आईओसीलाई १५ अर्ब रुपैयाँ तिर्न बाँकी छ ।