Market Closed

आर्थिक संकटका बाबजुत पनि श्रीलंकाको सेयर बजारमा उछाल, १० कारोबार दिनमा १ दिनमात्रै घट्यो

02 Dec,2022
  • 1610707549-colombo-stock-exchange-record-breaking-day_12_2_2022_4_35_04.jpg
नेपाली पैसा 
 
काठमाडौं : श्रीलंकाको सेयर बजार नोभेम्बर २१ देखि लगातार बढेको छ । त्यहाँको कोलम्बो स्टक एक्सचेन्ज १० कारोबार दिनमा १२.४०% ले बढेको हो । यस अवधिसम्म सूचक १ दिन मात्र घटेको छ । नोभेम्बर २१ मा ७८०१ को विन्दुमा रहेको अल सेयर प्राइस इन्डेक्स आज शुक्रबार (डिसेम्बर २) मा ८७६९ को विन्दुमा पुगेको छ । त्यस्तै, अर्को सूचक एस एन्ड पी एसएल २० पनि यस अवधिसम्ममा १७.२४% ले वृद्धि भएर २७७४ को विन्दुमा पुगेको छ ।

१० हजारको विन्दुबाट घट्न सुरु गरेको इन्डेक्स ७८०१ मा आएर रोकिएको थियो । यो सूचक अहिले फेरि बढ्न सुरु गरेको हो । आर्थिक संकटको सामान गरिरहेको देशमा सेयर बजारले देखाएको सकारात्मक संकेतले त्यहाँका लगानीकर्तालाई केही राहत भने मिलेको छ । औसत दैनिक कारोबार रकम पनि त्यहाँको मुद्रा भाउ अनुसार ४ अर्ब भन्दा धेरै हुने गरेको छ ।

पछिल्ला दिन श्रीलंकाले विदेशी ऋण दाताहरुबाट केही सहयोग पाएको थियो । त्यस्तै, त्यहाँ रेमिट्यान्स र पर्यटकको संख्या पनि बढ्दै गएको छ । जसका कारण अवस्था केही सामान्य हुँदै गएको हो । तर अझै पनि श्रीलंकामा विदेशी मुद्रा सञ्चितिको अभाव छ । देशले आवश्यक दैनिक सामानसमेत आयत गर्न सकिरहेको छैन ।

Post Your Comment