Market Closed

मंसिर ४ को निर्वाचनमा ६ अर्ब ५० करोड खर्च, बाँकी ३ अर्ब रुपैयाँ सरकारलाई फिर्ता गर्ने निर्वाचन आयोगको तयारी

03 Feb,2023
  • Nirbachan-aayog-election-commission_N30AK35nTv_5_11_2022_11_16_39_5_12_2022_8_55_54_2_3_2023_2_11_29.jpg
नेपाली पैसा

काठमाडौं : निर्वाचन आयोगले सरकारलाई करिब ३ अर्ब रुपैयाँ फिर्ता गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको रकममध्ये करिब ३ अर्ब फिर्ता हुने बताएका छन् । गत मंसिर ४ मा भएको निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन आयोगले विशेष सजगता अपनाएकाले तोकिएका सबै रकम खर्च नहुने भएको बताए । 
 
उनले आसन्न राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा समेत खर्च गरेर बाँकी रकम फिर्ता गरिने बताए । नेपाल सरकारबाट निर्वाचनका लागि १० अर्ब विनियोजनमध्ये ८ अर्ब ४९ करोड ९९ लाख निकासा भएकामा हालसम्म ६ अर्ब ५० करोड ४६ लाख खर्च भएको निर्वाचन आयोगले जनाएको छ । 
 
 

Post Your Comment