Market Closed

न्यादी हाइड्रोपावरको सोमबार साधारण सभा, यी हुन् एजेन्डा

19 Mar,2023
  • AGM__3_19_2023_9_59_29.jpg
नेपाली पैसा 
 
काठमाडौं : न्यादी हाइड्रोपावर लिमिटेडको सोमबार चैत ६ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, कार्की ब्यांकेट बबरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
 
सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना महिला सञ्चालकसहित दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन १९ गते बुक क्लोज गरिसकेको छ । फागुन १८ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
 

Post Your Comment