Market Closed

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलाकै १ लाख १० हजार पुग्यो

19 Mar,2023
  • 5fe2ed234195e_5fe2e6952dd15_gold-price-nepal_9_22_2021_11_29_54_(1)_9_24_2021_11_41_54_1_26_2023_10_54_36_2_2_2023_10_57_33_3_16_2023_11_06_26_3_19_2023_11_04_32.jpg
नेपाली पैसा

काठमाडौं : सुनको भाउले आइतबार (चैत ५ गते)  नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २९ सय रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सुनको मूल्य माघ १९ गते अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको थियो । 
 
यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँ निर्धारण भएको थियो । आइतबार चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ १३ सय १० रुपैयाँ कायम रहेको थियो




पछिल्लो समय अमेरिकी बैंकहरुमा देखिएको समस्याका कारण लगानीकर्ताहरुले बैंकमा रहेको निक्षेप झिकेर सुनमा लगानी बढाउन थालेपछि मूल्य बढेको अनुमान गरीएको छ । यससँगै विश्व आर्थिक मन्दीको हल्ला पनि चल्न थालेको छ । यही कारण विश्वभरका लगानीकर्ता सुन सञ्यच गर्नतर्फ लागेका छन् । यसबाट सुनको माग ह्वात्तै बढ्न जाँदा मूल्यमा समेत चाप परेको विश्लेषकहरुले बताएका छन् ।    

Post Your Comment