मस्को : रुसी आल्मुनियम कम्पनी रुसालले सन् २०२२ मा आफ्नो खूद नाफा करिब ४५ प्रतिशतले घटेको जनाएको छ । रुसालको खूद नाफा एक अर्ब ८० करोड अमेरिकी डलर रहेको र अघिल्लो वर्षको तुलनामा ४४.४ प्रतिशतले घटेको समूहले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । रुसालले सन् २०२२ मा अभूतपूर्व दबाब र प्रतिबन्धहरुको सामना गर्नुपरेको, तत्काल नयाँ आपूर्तिकर्ताहरुको खोजी गर्नुपरेको र आपूर्ति शृंखलालाई पुनः व्यवस्थित गर्नुपरेको कारणले गर्दा उत्पादन लागतमा ३०.२ प्रतिशतले वृद्धि भएको समूहले जनाएको छ ।
रुसमा आल्युुमिना र आल्मुनियमको निर्यातमा अष्ट्रेलियाले लगाएको प्रतिबन्धका साथै ‘माइकोलाइभ आल्युमिना रिफाइनरी’मा आल्युमिनाको उत्पादन स्थगन गरिएका कारण यो विशेष गरी प्रभावित भएको बताइएको छ । कम्पनीले भनेको छ, “मुद्रास्फीति र भूराजनीतिक तनावले ऊर्जा र कच्चा मालको मूल्यमा अत्यधिक वृद्धिलाई बढाएको छ, जसले बलियो रुबल र जटिल रसदको साथ, आल्मुनियम उत्पादनको लागतमा ३१.८ प्रतिशत वृद्धि भएको छ ।”
रुसालले कच्चा पदार्थको आपूर्ति र आपूर्ति शृङ्खलाको पुनः सुरुवातपछि आल्मुनियमको बिक्री ‘लगभग अपरिवर्तित रहेको’ बताएको छ । आपूर्ति शृङ्खलाको पुनः सुरुवातपछि उत्पादनमा १.९ प्रतिशतले वृद्धि भएको छ । रुसालले सन् २०२३ को विस्तृत पूर्वानुमान गर्न नचाहेको बताएको छ । गत वर्ष मस्कोले युक्रेनमा सेना पठाएपछि रुसका संस्थापक ओलेग डेरिपास्काले युक्रेनलाई ध्वस्त पार्नु ‘ठूलो गल्ती’ हुने बताएका थिए ।
रासस-एएफपी