Market Closed

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

19 Mar,2023
  • Sher-Bahadur-Deuwa_3_19_2023_12_04_41.jpg
नेपाली पैसा

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार (चैत ५ गते) बिहान बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । प्रधानमन्त्री दाहालले सोमबार (चैत ६ गते) प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्रीले यसअघि एमालेसँगको गठबन्धन सरकारको नेतृत्व गर्दा पुस २६ मा विश्वासको मत लिएका थिए । राष्ट्रपतिको निर्वाचन अघि एमालेसहित राप्रपा र रास्वपा सरकारबाट अलग भएपछि दाहालले कांग्रेससँग गठबन्धन गरेका थिए । 
 

Post Your Comment