नेपाली पैसा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आइतबार (चैत ५ गते) बसेको संयुक्त बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय लिएको हो । प्रधानमन्त्री दाहालले सोमबार (चैत ६ गते) प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रधानमन्त्रीले यसअघि एमालेसँगको गठबन्धन सरकारको नेतृत्व गर्दा पुस २६ मा विश्वासको मत लिएका थिए । राष्ट्रपतिको निर्वाचन अघि एमालेसहित राप्रपा र रास्वपा सरकारबाट अलग भएपछि दाहालले कांग्रेससँग गठबन्धन गरेका थिए ।