Market Closed

अमेरिकी बैंकिङ संकटले गत साता अन्तर्राष्ट्रिय सेयर बजार प्रभावित, कच्चा तेलको मूल्यमा पनि असर

19 Mar,2023
  • Will-Collapse-in-Oil-Price-Cause-a-Stock-Market-Crash_3_19_2023_2_08_34.jpg
नेपाली पैसा
 
काठमाडौं : गत साता अन्तराष्ट्रिय सेयरबजारमा गिरावट आएको छ । अमेरिकी बैंकिङ प्रणालीमा देखिएको समस्याले अन्तराष्ट्रिय सेयर बजार प्रभावित बन्न पुगेको हो । गत साता १३ अमेरिकी राष्ट्रहरुमध्ये १२ वटाको सेयर बजार सूचकमा गिरावट आउँदा एउटामा भने देखिएको छ । यस्तै, ३९ यूरोपेली राष्ट्रहरुमध्ये ३३ राष्ट्रहरुको सेयर बजार परिसूचकमा गिरावट आएको छ । ६ राष्ट्रको सेयर बजार भने वृद्धि भएको छ । यता, २७ एसियाली राष्ट्रहरुमध्ये ५ राष्ट्रहरूको मात्र सेयर बजारमा सुधार आएको छ । बाँकी २२ राष्ट्रहरूको सेयर बजारमा गिरावट आएको छ । 
 
गत साता यूरोपेली राष्ट्रहरुको सेयरबजार परिसूचकमध्ये अष्ट्रियाको परिसूचक ‘एटीएक्स’ सबैभन्दा बढी ९.३२% ले घटेको छ । आर्थिक प्रतिबन्धहरुमा घेरिएको रुसको सेयर बजार परिसूचक ‘एमओइएक्स रसिया इन्डेक्स’ भने सबैभन्दा बढी २.०४% ले बढेको छ । प्रमुख युरोपेली राष्ट्रहरूमध्ये फिनल्यान्डको हेल्सिन्की ५.२९%, इटालीको आइटी–४० ६.६४%, स्वीडेनको स्टकहम ४.७५%, बेलायतको जीबी १०० ५.३३%, डेनमार्कको कोपेनहेगन २.२०% र स्पेनको इएस–३५ ६.०९% ले घटेका छन् । 
 
यस्तै, फ्रान्सको सेयर बजार पनि ४.०९% ले घटेको छ । अमेरिकी राष्ट्रहरुमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाको सेयर बजार परिसूचक ‘एस एण्ड पी ५००’ १.४३% ले बढेको छ भने बर्मुडाको सेयर बजार सबैभन्दा बढी १०.९०% ले घटेको छ। गत साता अमेरिकाको अन्य सेयर बजार परिसूचक नासड्याक कम्पोजिटीभ ४.४१% ले बढेको छ भने डाउ जोन्स इन्डस्ट्रियल एभरेज १५% ले घटेको छ । नासड्याक बैंकिङ इन्डेक्समा मा भने १०.९६% गिरावट आएको छ। 
 
यता, एसियाली राष्ट्रहरुमध्य सबैभन्दा बढी हङकङको ‘एचके ५०’ १.०३% ले बढेको छ भने कतारको ‘क्युई’ सबैभन्दा बढी ७.७०% ले घटेको छ । गत साता चीनको परिसूचक ‘संघाई कम्पोजिट’ ०.६३%, श्रीलंकाको ‘एपीएसआई’ ०.८२% र सिंगापुरको एसटीआई १.६९% ले बढेका छन् ।

यता, भारतको सेन्सेक्स १.९४% , युएईको एडीएक्स जनरल १.८१%, पाकिस्तानको केएसई–१०० १.११% ले घटेका छन् । कमोडिटी मार्केटमध्ये कच्चा तेलमा ‘ब्रेन्ट क्रुड’ को भाउ १२.१६% ले घटेको छ भने अमेरिकी क्रुडको भाउ १२.९६% ले घटेको छ । कच्चा तेलको भाउ सन् २०२१ को डिसेम्बरयताकै न्यून विन्दुमा पुगेको हो ।

Post Your Comment