Market Closed

पहिला ९९.२५ प्रतिशत सांसदहरुको मत पाए, भोलि शतप्रतिशतको समर्थन हुन्छ- प्रधानमन्त्री दाहाल

19 Mar,2023
  • prachanda_3_12_2023_4_32_23_3_14_2023_1_01_17_3_19_2023_4_57_02.jpg
नेपाली पैसा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सबै दलको समर्थनमा विश्वासको मत पाउने बताएका छन् । आज प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सोमबार (चैत ६ गते) सबै सांसदहरुको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका हुन् । उनले पहिला ९९.२५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएको उल्लेख गर्दै सोमबार शतप्रतिशत पुग्ने आशा व्यक्त गरे ।
 
प्रधानमन्त्री दाहालले सोमबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ । उनलाई अहिलेसम्म नेपाली कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।
 

Post Your Comment