Market Closed

नेपाल फाइनान्सले ७०% हकप्रद बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

22 Oct,2021
  • right-share-678x381_9_3_2021_2_58_41_10_22_2021_12_44_12.jpg
नेपाली पैसा

काठमाडौं  : नेपाल फाइनान्स कम्पनीले ७०% हकप्रद बिक्री गर्न अनुमति मागेको छ । कम्पनीले १ः०.७० अनुपातमा ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्न लागेको हो । 
 
यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । हाल फाइनान्सको चुक्ता पुँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको छ । हकप्रदपछि यसको चुक्ता पुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ ।
 

Post Your Comment