नेपाली पैसा
काठमाडौं : नेपाल फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा फाइनान्सले समग्र वित्तीय अवस्था सुधार गरेको छ । कम्पनीको खुद नाफा ८५.२१% ले बढेर ४ करोड ८५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा भने २ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी २८४.२५% ले बढेको छ । अन्य सञ्चालन आम्दानीमा पनि ७७८.४३% वृद्धि भएको छ । साथै, सञ्चालन नाफा पनि २१२.२०% ले बढेपछि खुद नाफामा सुधार भएको हो ।
फाइनान्सको निक्षेप संकलन र कर्जा लगानी पनि भारी मात्रामा वृद्धि भएको छ । असार मसान्तसम्ममा रिजर्भ कोष भने घटेर ४ करोड ४८ लाख रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यसैअवधिमा रिजर्भमा ४ करोड ९० लाख रुपैयाँ रहेको थियो । खुद नाफा बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी भने १७ पैसाले घटेर ९ रुपैयाँ ६३ पैसामा सीमित भएको छ । कम्पनीको पुँजी बढेको हुनाले पनि यसको प्रतिसेयर आम्दानीमा प्रभाव परेको हो । यसको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ५ पैसा छ । कम्पनीको कस्ट अफ फन्ड बढेको छ भने निष्कृय कर्जा दर घटेको छ ।
