Market Closed

एनआइबीएल एसको खुलामुखी योजनाको युनिट खरिदबिक्री हुने समय परिवर्तन

18 May,2022
  • nibl_c_2_10_6_7_2019_10_54_23.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल एस क्यापिटलले आफ्नो खुलामुखी योजनाको इकाई (युनिट) खरिदबिक्री हुने समय परिवर्तन गरेको छ । क्यापिटलले ‘एनआइबीएल सहभागिता फन्ड’ को कारोबार हुने समय परिवर्तन गरेको हो । अब यस फन्डको युनिट खरिदबिक्री सोमबारदेखि शुक्रबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुने क्यापिटलले जानकारी गराएको छ ।

सरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेपछि सोही अनुसार इकाई कारोबारको समय परिवर्तन भएको हो । यस फन्डको इकाई खरिद र बिक्री दुवै अनलाइनबाट गर्न सकिनेछ ।

Post Your Comment