Market Closed

एनआइबीएल समृद्धि फन्ड–१ को प्रतिफल घोषणा, लगानीकर्ताले १२% नगद पाउने

07 Aug,2020
  • dividends_img_8_7_2020_2_08_26.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल समृद्धि फन्ड–१ ले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १२% नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको छ । योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटल लिमिटेडको बिहीबार बसेको सञ्चालक समिति बैठकले इकाईधनीलाई कर सहित १२%  नगद दिने घोषणा गरेको हो ।

यसआधारमा फन्डले १२ करोड रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ । अघिल्लो वर्ष यस फन्डले ६.५% नगद लाभांश वितरण गरेको थियो । यो फन्डको योजना व्यवस्थापकमा एनआइबीएल एस क्यापिटल रहेको छ । यसलाई नेपाल इन्भेष्टमेन्ट बैंकले प्रवद्र्धन गरेको हो ।
 

Post Your Comment