Market Closed

एनआइसीको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन

20 Apr,2021
  • Auction_10_10_2_1_21_2021_12_55_35_2_9_2021_9_58_08_3_16_2021_9_32_44_3_17_2021_9_53_04_4_20_2021_10_33_35.jpg
नेपाली पैसा

काठमाडौं : एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको ५ लाख ८९ हजार ४३८ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (वैशाख ७ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम ४३७ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
 
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।
 

Post Your Comment