Market Closed

महिना दिनमै बैंकहरुले गरे ३८ अर्ब कर्जा प्रवाह : एनआइसी एसिया सबैभन्दा अघि

18 May,2021
  • deposit_5_18_2021_7_37_05.jpg
नेपाली पैसा
 
काठमाडौं : वाणिज्य बैंकहरुले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह थप बढेको छ । वैशाख महिनामा मात्रै वाणिज्य बैंकहरुले ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरु वैशाखमा उक्त कर्जा लगानी गरेका हुन् । वैशाख मसान्तसम्ममा वाणिज्य बैंकहरुले ३६ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चैत मसान्तसम्ममा बैंकहरुले ३५ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

पछिल्लो केही महिना यतादेखि वाणिज्य बैंकहरुले आक्रामक रुपमा कर्जा प्रवाह गर्दै आएका छन् । यता, एक महिना अवधिमा वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । वैशाख मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले कुल ३९ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस्तै, चैत मसान्तमा बैंकहरुले ३९ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

 
निक्षेप संकलन र कर्जा लगानीमा एनआइसी एसिया बैंक सबैभन्दा अगाडि 
 
वैशाख मसान्तसम्म आइपुग्दा निक्षेप संकलन र कर्जा प्रवाहमा एनआइसी एसिया बैंक सबैभन्दा अगाडि रहेको छ । यसअवधिमा एनआइसी एसियाले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न सक्षम भएको छ । यस आधारमा बैंक आक्रामक हिसाबले अघि बढेको देखिन्छ ।

वैशाख मसान्तसम्म आइपुग्दा नबिल, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकले पनि २ अर्ब रुपैयाँ भन्दा माथि निक्षेप संकलन गरेका छन् । यता, ग्लोबल अइएमई बैंकले पनि २ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । अरु बैंकहरुको कर्जा प्रवाह भने २ अर्बभन्दा कम रहेको छ । 

हेर्नुहोस् अहिलेसम्म कुन बैंकले कति संकलन गरे निक्षेप, कर्जा प्रवाह कसको कति ? 

 

Post Your Comment