Market Closed

एनआइसी एसिया बैंकले असार ६ गतेदेखि ऋणपत्र बिक्री गर्दै

11 Jun,2021
  • debenture_9_17_2020_1_38_09_3_24_2021_1_29_38_6_9_2021_4_07_25.jpg
नेपाली पैसा

काठमाडौं : एनआइसी एसिया बैंकले असार ६ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लगेको हो । बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता ‘एनआइसी ऋणपत्र २०८८’ जारी गर्न लागेको हो । यसमध्ये १२ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् । बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यसमा वार्षिक व्याजदर ८.५% पाइनेछ ।

यस ऋणपत्रमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै ऋणपत्र बिक्री नभएमा असार २० गतेसम्म बिक्री खुला हुनेछ । यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिन्छ । एनआइसीले ऋणपत्र निष्कासनका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई कियर रेटिङ नेपालले कम जोखिम जनाउने कियर एनपी सिंगल ए रेटिङ प्रदान गरेको छ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् ।
 

Post Your Comment