नेपाली पैसा
काठमाडौं : पुँजी बजारमा सक्रिय २० वटा म्युचुअल फन्डहरुले फागुन मसान्तको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालै मात्र आइपीओ बिक्री गरेको सानिमा लार्ज क्याप फन्ड र नबिल इक्विटी फन्ड बाहेक बाँकी सबै फन्डहरुको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । एनआइसी एसिया डाइनामिक डेब्ट फन्ड भने नेप्सेमा सूचीकृत हुन बाँकी नै रहेको छ । एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले गत महिना इकाई जारी गरेको हो । त्यस्तै, अधिकांश म्युचुअल फन्डको सूचीकृत सेयरमा लगानी रकम पनि बढेको छ ।
१९ फन्डको न्याभ बढ्यो
माघ मसान्तसम्म आइपुग्दा १८ वटा फन्डको न्याभ बढेको छ । हालै आइपीओ बिक्री गरेको सानिमा लार्ज क्याप फन्डको न्याभ भने घटेको छ । त्यस्तै नबिल इक्विटी फन्डको पनि न्याभ तल झरेको छ । एक महिनाको अवधिमा सबैभन्दा धेरै न्याभ बढ्नेमा सिटिजन्स म्युचुअल फन्ड १ रहेको छ । यसको न्याभ १ रुपैयाँ ०६ पैसाले बढेर १३ रुपैयाँ ८२ पैसा पुगेको छ । सबैभन्दा धेरै न्याभ ग्लोबल आइएमई समुन्नत योजनाको १९ रुपैयाँ २७ पैसा रहेको छ ।

१५ फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी बढ्यो
फागुन मसान्सान्तसम्म आइपुग्दा १५ कम्पनीको सूचीकृत फन्डको सेयरमा लगानी बढेको छ । ५ फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी भने घटेको छ । यता, अघिल्लो महिना आइपीओ जारी गरेको सानिमा लार्ज क्याप फन्डको सेयर बजारमा लगानी उल्लेख्य मात्रामा बढेको छ । सबैभन्दा धेरै सेयर बजारमा लगानी गर्नेमा ग्लोबल आइएमई समुन्नत योजना रहेको छ । यसले १ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी सेयर बजारमा लगानी गरेको छ ।

१३ फन्डको बैंक मौज्दात बढ्यो
एक महिनाको अवधिमा १३ फन्डको बैंक मौज्दात बढेको छ । ७ फन्डको भने बैंक मौज्दात भने घटेको छ । सबैभन्दा धेरै बैंक मौज्दात बढ्नेमा सानिमा इक्विटी फन्ड रहेको छ । यसको बैंक मौज्दात १३५.२५% ले बढेको छ । सबैभन्दा धेरै बैंक मौज्दात भर्खरै सञ्चालनमा आएको सानिमा लार्ज क्याप फन्डको रहेको छ ।
