Market Closed

निफ्राको नाफा २५.६६% बढ्यो, इपीएस कति ?

20 Jan,2022
  • 1_3_17_2021_12_18_43.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४४ करोड २६ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा निफ्राको नाफा २५.६६% ले बढेको हो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.६१% र सञ्चालन नाफा २५.५७% ले बढेपछि खुद नाफामा पनि सुधार भएको हो । गत वर्ष आइपीओ बिक्री गरेका कारण चुक्ता पुँजी बढेर २० अर्ब रुपैयाँ पुगेको छ ।



प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ४४ पैसाले घटेर ४ रुपैयाँ ४३ पैसामा सीमित भएको छ । बैंकले हालै मात्र ८% बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त बोनस पुँजीकृत भएपछि चुक्ता पुँजी बढेर २१ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ । जसका कारण अहिलेको प्रतिसेयर आम्दानी लगायत सूचकमा परिवर्तन आउन सक्नेछ । यसको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ २२ पैसा छ ।

 

Post Your Comment