नेपाली पैसा
काठमाडौं : निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा २० अर्ब रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेका छन् । नेपाल बिमा प्राधिकरणको पुससम्मको तथ्यांक अनुसार १८ वटा निर्जीवन बिमा कम्पनीहरुले कुल २० अर्ब ८ करोड २५ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन् । यस अवधिमा शिखर इन्सुरेन्सले सबैभन्दा धेरै २ अर्ब ६५ करोड २३ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ ।
त्यसपछि, नेको इन्सुरेन्सले १ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । त्यसैगरी, हिमालयन एभरेष्ट इन्सुरेन्सले पनि १ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् । यसअवधिमा सबैभन्दा कम बिमा शुल्क आर्जन गर्नेमा नेसनल इन्सुरेन्स कम्पनी देखिएको छ । पुससम्ममा यस इन्सुरेन्सले ४९ करोड ४० लाख रुपैयाँ मात्र बिमा शुल्क आम्दानी गरेको छ ।