नेपाली पैसा
काठमाडौं : नेपाल लाइफ इन्सुरेन्सको सेयर स्वामित्व परिमार्जन भएको छ । जसमा कम्पनीको थप ७३ लाख ८७ हजार १६९.९० कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिएको छ । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१% र सर्वसाधारण समूहको ४९% कायम भएको छ । यसअघि कम्पनीमा संस्थापक समूहको हिस्सा ६०% र सर्वसाधारण समूहको ४०% कायम रहेको थियो ।