नेपाली पैसा
काठमाडौं : नेसनल लाइफ इन्सूरेन्सको ५७ हजार १९२ कित्ता संस्थापक सेयर लिलामीको बोलपत्र आज (माघ ६ गते) खोलिँदैछ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा दिउँसो १२ बजेबाट बोलपत्र खेल्ने कार्यक्रम तय भएको छ । एनआइसी एसिया बैंकले पुस २८ गतेदेखि माघ ५ गतेसम्म आफ्नो स्वामित्वमा रहेको नेसनल लाइफ इन्सुरेन्सको ५७ हजार १९२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको थियो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३८७ रुपैयाँ ३० पैसा तोकिएको थियो ।