Market Closed

एनएमबि बैंकको ऊर्जा ऋणपत्रमा आजसम्म आवेदन दिन पाइने

18 May,2022
  • debenu=ture_11_19_2019_4_09_18_12_18_2020_3_04_16_1_10_2021_4_05_37_5_16_2021_8_19_03.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि बैंकको ऊर्जा ऋणपमा आवेदन दिने आज बुधबार (जेठ ४ गते) अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । बैंकले वैशाख २१ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऊर्जा  ऋणपत्रको बिक्री खुला गरेको हो । यसले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३५ लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ६०% अर्थात् २१ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 

१४ लाख इकाई मध्ये ५% अर्थात् ७० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ भने सर्वसाधारणका लागि खुला भएको हो । एनएमबिले १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४% – २०९३÷९४’ जारी गरेको हो । यसमा वार्षिक ४% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम १४ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

एनएमबि बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन् । यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहन्छ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
 

Post Your Comment