Market Closed

एनएमबि ५० र हाइब्रिड फन्डका इकाईधनीले २१.०५३% का दरले प्रतिफल पाउने, बुक क्लोज कहिले ?

05 Aug,2022
  • Dividend_2_2_9_21_2020_10_53_27_8_17_2021_12_01_14.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड एल–१’ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । दुवै फन्डका इकाईधनीहरुले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २१.०५३% का दरले नगद लाभांश (प्रतिफल) पाउने क्यापिटलले जानकारी गराएको छ । लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मितिसमेत तय भएको छ । क्यापिटलका अनुसार साउन ३१ गते बुक क्लोज हुनेछ । तसर्थ, साउन ३० गतेसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् ।

Post Your Comment