Market Closed

कोरोनाको दोस्रो लहर फैलिएको भन्दै राष्ट्र बैंकले बैंकहरुलाई दियो यस्तो निर्देशन

19 Apr,2021
  • NRB__9_18_2020_11_43_09.jpg
नेपाली पैसा

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको दोस्रो लहरलाई ध्यानमा राखेर सुरक्षाको मापदण्ड अपनाउन केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई पूर्ण सजगताका साथ कारोबार सुचारु गर्न सोमबार निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भीडभाड नहुने तथा भौतिक दुरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न भनेको छ ।

साथै, संभव भएसम्म सेवाहरु विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट सञ्चालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिमलाई न्यूनिकरण गर्न ढोका खुला राख्ने व्यवस्था गर्न र सेनिटाइजर, टिसु पेपरजस्ता समाग्री राख्न निर्देशन दिएको हो ।

यसअघि कोभिड सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि कोभिाड १९ सुरक्षा व्यवस्था समूह गठन गर्न निर्देशन दिएको जनाउँदै उक्त समूहलाई सक्रिय रुपमा परिचालन गर्न भनेको छ । कर्मचारीहरुलाई समूहमा विभाजन गरी समूह समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी कार्य वातावरण निमार्ण गर्न निर्देशन दिएको छ । यसका लागि आवश्यकताका आधारमा घरबाट काम, सिफ्टमा काम लगाउने लगायतका उपाय अपनाउन सकिने जनाएको छ ।  
 

Post Your Comment