नेपाली पैसा
काठमाडौं : एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले ३३ करोड ९८ लाख ४ हजार ६०० रुपैयाँको आइपीओ बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई १०० रुपैयाँ दरको ३३ लाख ९८ हजार ४६ कित्ता सेयर जारी गर्न अनुमति दिएको हो । यो आइपीओमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी सन् २०१२ मा स्थापना भएको हो । जलविद्युत क्षेत्रका माध्यमबाट नेपालको राष्ट्रिय विकासमा योगदान पुर्याउने यस कम्पनीको उद्देश्य रहेको छ । गैरआवासीय नेपालीहरुले यो कम्पनीलाई प्रवद्र्धन गरेका छन् । यसको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ ।
कम्पनीले मथिल्लो मैलुङ खोला हाइड्रोपावर (१४.३ मेगावट), स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन (२८.१ मेगावट), मध्य तमोर हाइड्रोपावर (५४ मेगावट) र हिमालयन पावर पार्टनर (२७ मेगावट), लगायतका परियोजनामा लगानी गरेको छ ।