Market Closed

होटल क्षेत्रमा महामारीको असर, ओरियन्टलको नोक्सान २१ करोड नाघ्यो

14 May,2021
  • Oriental-hotel-Ltd_10_25_2017_9_56_54.jpg
नेपाली पैसा
 
काठमाडौं : कोरोना महामारीका कारण आवतजावत बन्द हुँदा होटल क्षेत्रमा ठूलो असर परेको छ । नेप्सेमा सूचीकृत ओरियन्टल होटल्स लिमिटेड चैत मसान्तसम्म २१ करोड ११ लाख ४८ हजार रुपैयाँ खुद नोक्सानमा गएको छ । गत वर्षको यसै अवधिमा भने ११ करोड ४६ लाख ९६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । ओरियन्टलको व्यवस्थापन पक्षले नोक्सानमा जानुको प्रमुख कारण कारोना महामारीलाई लिएको छ ।
 
सरकारले कारोना रोकथामका लागि गरेको लक डाउनका कारण पर्यटन आवागमन प्रायः शून्य नै रहेको छ । जसका कारण आम्दानी तथा नाफा गर्न नसकेको होटल व्यस्थापनको भनाई छ । यद्दपि, संस्थाको मौज्दात र तरलता सन्तोषजनक नै रहेको पनि ओरियन्टलको व्यवस्थापन पक्षले जानकारी गराएको छ । चैत मसान्तसम्म ओरियन्टलको सञ्चालन नोक्सान १८ करोड ३४ लाख ९७ हजार रुपैयाँ रहेको छ । 
 
चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको ओरियन्टलको रिजर्भ कोषमा ८८ करोड ८५ लाख रुपैयाँ छ । गत वर्ष रिजर्भमा १ अर्ब १३ करोड २० लाख रुपैयाँ रहेको थियो । यो होटल प्रतिसेयर १८ रुपैयाँ ७२ पैसा नोक्सानमा छ । गत वर्ष यसै अवधिमा भने प्रतिसेयर आम्दानी १० रुपैयाँ १७ पैसा थियो । प्रतिसेयर नेटवर्थ पनि २०० रुपैयाँ ३५ पैसाबाट घटेर १७८ रुपैयाँ ७७ पैसामा आएको छ ।

ओरियन्टल होटल्सको तेस्रो त्रैमासिक विवरण हेर्नुहोस् ।

Post Your Comment