Market Closed

शाइन रेसुंगा र ग्रामीण विकास लघुवित्तको सेयर लिलामी भर्ने आज अन्तिम मौका

11 Aug,2022
  • Auction_8__8_20_2021_10_50_30_9_16_2021_9_36_43_6_1_2022_10_34_36_8_5_2022_1_14_15_8_11_2022_8_03_29.jpg
नेपाली पैसा

काठमाडौं : प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक र ग्रामीण विकास लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले साउन २० गतेबाट शाइन रेसुंगाको १ लाख ५० हजार र ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता सेयर लिलामीमा ल्याएको हो । 
 
जसमा लगानीकर्ताले शाइनको सेयरमा न्यूनतम १५० रुपैयाँ र ग्रामीणको सेयरमा ३५० न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ । 
 

Post Your Comment