Market Closed

प्रभु लाइफको विशेष साधारणसभा आज, मर्जर तथा प्राप्तिको प्रस्ताव पारित हुँदै

07 Jul,2022
  • sgm_20201015095749_5_9_2021_1_50_18.jpg
नेपाली पैसा

काठमाडौं : प्रभु लाइफ इन्सुरेन्सको विशेष साधारण सभा आज असार २३ गते बस्दैछ । कम्पनीको विशेष साधारण सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौंमा दिउँसो ११ः४५ बजेदेखि सुरु हुनेछ । बिमा कम्पनीहरुमा पुँजी वृद्धिको चटाहरो चलिरहँदा प्रभु लाइफले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारण सभा आह्वान गरेको हो । कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारितकै लागि विशेष साधारण सभा बोलाएको हो । 
 
सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार असार १५ गतेसम्म कायम सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
 

Post Your Comment