Market Closed

सूचीकृत जीवन बिमा कम्पनीहरुको समग्र नाफा कति छ, कुनको अवस्था कस्तो ?

17 Nov,2021
  • profits_rowth-1_11_17_2021_8_07_05.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेमा सूचीकृत जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । पहिलो त्रैमासमा अधिकांश जीवन बिमा कम्पनीहरुको रिजर्भ कोष, खुद बिमा शुल्क आम्दानी, खुद नाफा लगायत सूचकहरुमा सुधार भएको छ । यद्दपि, नेप्सेमा सूचीकृत जीवन बिमा कम्पनीहरुको समग्र खुद नाफामा भने गत वर्षको यसै अवधिको तुलनामा २२.२१% ले गिरावट आएको देखिएको छ । सूचीकृत जीवन बिमा कम्पनीहरुको समग्र नाफा ९५ करोड ७० लाख ९१ हजार रुपैयाँबाट घटेर ७४ करोड ४५ लाख १७ हजार रुपैयाँमा आएको हो । 

यद्दपि, कम्पनीहरुको समग्र नाफामा धेरै ह्रास आउनुमा प्रमुख कारण नेपाल लाइफ इन्सरेन्स देखिएको छ । विगतमा उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल लाइफको नाफामा यसपालि उच्च गिरावट आएको छ । नेपाल लाइफ रिजर्भ कोष, प्रतिसेयर आम्दानी लगायत सूचकमा पछि परेको छ । कम्पनीले सेयर लगानीमा घाटा भएको स्पष्टीकरण दिएको छ । त्यसको प्रभाव वित्तीय विवरणमा परेको हो । 
 
चुक्ता पुँजी 
 
नेपाल लाइफ इन्सुरेन्स ७ अर्ब १९ रुपैयाँ भन्दा बढी चुक्ता पुँजीसहित अग्रस्थानमा रहेको छ । गत वर्ष आइपीओ जारी गरेका ४ वटा नयाँ जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजीमा भने उच्च वृद्धि भएको छ । सबैभन्दा थोरै पुँजी गुराँस लाइफको देखिएको छ ।

 
रिजर्भ कोष 
 
युनियन लाइफ इन्सुरेन्सको रिजर्भ कोष १ अर्ब भन्दा धेरै रहेको छ । बाँकी सबै सूचीकृत जीवन बिमा कम्पनीको रिजर्भ युनियनको भन्दा थोरै छ । नेपाल लाइफको रिजर्भ कोषमा उच्च गिरावट आएको छ । यसको रिजर्भ ३ अर्ब ६६ करोड रुपैयाँबाट घटेर ८६ करोड ९६ लाख रुपैयाँमा सीमित भएको छ ।

 
जीवन बिमा कोष 
 
जीवन बिमा कोषको आकार भने नेपाल लाइफ इन्सुरेन्सको सबैभन्दा ठूलो रहेको छ । यसको बिमा कोषमा १ खर्ब भन्दा धेरै रहेको छ । प्रभु लाइफको जीवन बिमा कोषको आकार भने अन्य सबैको भन्दा सानो रहेको छ ।

 
खुद बिमा शुल्क आम्दानी 
 
खुद बिमा शुल्क आम्दानी पनि नेपाल लाइफको धेरै रहेको छ । यसले ९ अर्ब ७४ करोड भन्दा बढी खुद बिमा शुल्क आर्जन गरेको छ । प्रभु लाइफको खुद बिमा शुल्क आर्जन भने सबैभन्दा उच्च ११४.१५% को वृद्धि भएको छ । गुराँस लाइफको बिमा शुल्क आम्दानी घटेको छ ।

 
खुद नाफा 
 
पहिलो त्रैमासमा प्राइम लाइफ इन्सुरेन्सको खुद नाफा सबैभन्दा धेरै १२ करोड २५ लाख रुपैयाँ रहेको छ । नेपाल लाइफको खुद नाफा सबैभन्दा थोरै ७० लाख ३३ हजार रुपैयाँ मात्र छ । यसको नाफामा सबैभन्दा ठूलो ९६.९३% गिरावट आएको हो । नेपाल लाइफले सेयर लगानी नोक्सानी वापत १८ करोड ८ लाख रुपैयाँ छुट्याएका कारण नाफा प्रभावित भएको जनाएको छ ।

 
प्रतिसेयर आम्दानी 
 
प्रतिसेयर आम्दानीमा पनि प्राइम लाइफ अग्रस्थानमा रहेको छ । यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ २८ पैसा छ । सबैभन्दा थोरै प्रतिसेयर आम्दानी नेपाल लाइफको ३९ पैसा मात्र रहेको छ । नाफा प्रभावित भएपछि यसको प्रतिसेयर आम्दानीमा उच्च गिरावट आएको हो ।

 

Post Your Comment