नेपाली पैसा
काठमाडौं : पूर्वाञ्चल ल्यूब आयल लिमिटेडले सर्वसाधारणलाई आइपीओ जारी गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । नियुक्ति सम्बन्धी सम्झौतामा पूर्वाञ्चल ल्यूब आयलको तर्फबाट प्रबन्ध सञ्चालक भोलेश्वर दुलाल र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।
पूर्वाञ्चल ल्यूब आयलले सर्वसाधारणलाई ५ लाख कित्ता आइपीओ जारी गर्ने तयारी गरेको हो । पूर्वाञ्चल ल्यूवको रजिष्टर्ड कार्यालय सुन्दरहरैंचा ९, विराटचोक, मोरङ्गमा रहेको छ । यस कम्पनीले विगत २३ वर्षदेखि आफ्नो ‘पीएलओ’ ब्राण्डका ल्यूब्रीकेन्ट उत्पादनहरु बिक्री वितरण गर्दै आएको छ । हाल नेपालभर ९३ भन्दा बढी डिलर र ११ हजार भन्दा बढी खुद्रा आफ्ना उत्पादन बिक्री वितरण गरिरहेको कम्पनीले जानकारी गराएको छ ।