Market Closed

प्रभु इन्सुरेन्सको ११% बोनस सेयर घोषणा, कर तिर्न नगद पनि

14 Jan,2022
  • prabhu-insurance-company-ltd_6_7_25_2018_10_46_10_5_20_2021_10_22_40_1_14_2022_10_45_15.jpg
नेपाली पैसा 

काठमाडौं : प्रभु इन्सुरेन्सले ११.५८% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ११% बोनस सेयर र कर तिर्न ०.५८% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १६ करोड १९ लाख २ हजार ३२८ रुपैयाँ रहेको छ । बोनस सेयर बितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड ९७ लाख ११ हजार ५८४ रुपैयाँ पुग्नेछ । यसअघि कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५३% नगद लाभांश दिएको थियो ।

Post Your Comment