Market Closed

राधी विद्युत कम्पनीको लिलामी सेयर बाँडफाँट, कट अफ प्राइस कति ?

30 Nov,2022
  • auction_6_26_2018_12_43_36_11_30_2022_5_03_56.jpg
नेपाली पैसा

काठमाडौं : राधी विद्युत कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार यो लिलामी सेयरको प्रारम्भिक कट अफ प्राइस न्यूनतम १९५ रुपैयाँ कायम भएको छ । अर्थात् यस लिलामीमा प्रतिकित्ता न्यूनतम १९५ रुपैयाँसम्म भाउ तोकेर लिलामी भर्नेले सेयर पाउने भएका छन् । यद्यपी अन्तिम तथ्यांक आउन बाँकी रहेकोले सामान्य तलमाथी हुनसक्ने बिक्री प्रबन्धकले जनाएको छ । 
 
यसमा १९ सय ८५ जनाले आवेदन दिएका छन् । कम्पनीले यसअघि हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको १३ लाख ५२७ कित्ता सेयर कात्तिक २९ गतेदेखि मंसिर ८ गतेसम्म लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर आज (मंसिर १४ गते) बाँडफाँट गरिएको हो ।  
 
 

Post Your Comment