Market Closed

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

11 Jun,2021
  • Rastriya_Banijya_Bank_7_13_2018_1_06_50_4_26_2021_9_17_21.jpg
नेपाली पैसा

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज शुक्रबार (जेठ २८ गते) अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । बैंकले जेठ २५ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । यसले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको हो । यसमध्ये १० लाख इकाई ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला भएको छ । 

बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । राष्ट्रिय वाणिज्य बैंकले ६ वर्ष अवधि भएको आरबीबीएल डिबेन्चर २०८३ जारी गरेको हो । यसमा वार्षिक ८.५% ब्याजदर दिइने बैंकले जानकारी दिएको छ । यसमा बिक्री प्रवन्धकको काम एनआइबीएल एस क्यापिटले गरेको छ । 
 
बैंकले निष्कासन गरेको ऋणपत्रलाई कियर रेटिङ नेपालले पर्याप्त मात्रमा सुरक्षित जनाउने इक्रा एनपी सिंगल ए प्लस रेटिङ प्रदान गरेको छ । न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् ।
 

Post Your Comment