नेपाली पैसा
काठमाडौं : रिलायबल नेपाल लाइफ इन्सुरेन्सले जेठ २५ गते वार्षिक साधारण सभा डाकेको छ । सभा लिसरा ब्यांक्वेट ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीको हकप्रद निष्कासन सम्बन्धमा छलफल हुनेछ । यस्तै, पुँजी बृद्धि तथा कम्पनीको नियमावली संशोधन पारित गर्ने एजेन्डा पनि छ ।
आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । संस्थापक सेयरधनी समूह क को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि छ ।